|

अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेट २०२० को एसिया पूर्वी क्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन नेपाली क्रिकेट टिम शनिबार दिउँसो स्वदेश फर्किने भएको छ।

छनोटको अन्तिम खेलमा नेपालले सिंगापुरसँग अंक बाड्दै च्याम्पियन भएको थियो। वर्षाका कारण फाइनल खेल रद्द भएको थियो। नेपालले सिंगापुरबाट ८२ रनको लक्ष्य पाएको थियो।

च्याम्पियन नेपाली टोली शनिबार दिउँसो सवा १२ बजे नेपाल आइपुग्ने नेपाली क्रिकेटका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए। सिवाकोटीले दिएको जानकारी अनुसार बलर सन्दीप लामिछाने भने अफगानिस्तान प्रिमियर लिग खेल्नका लागि युएई जानेछन्।

प्रतियोगितामा नेपाल अपराजित रह्यो। नेपालका बलर सन्दीप लामिछानेले प्रतियोगिताभर २४ विकेट लिएर किर्तीमान कायम गरे।

प्रतियोगितामा नेपालले म्यानमार र  मलेसियालाई समान ८–८ विकेट ले पराजित गरेको थियो।। भुटानलाई १ सय १७ रन र थाइल्यान्डलाई १ सय ४० ले पराजित गरेको नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो। अन्तिम खेल भने वर्षका कारण रद्द भयो। खेल रद्द हुँदा सिंगापुर र नेपालको समान अंक रहेपनि नेट रनरेटका आधारमा नेपालले  उपाधि जितेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.