काठमाडौं : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा पर्दा ८ जनाको मृत्यु भएको छ।
सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियाली र ४ जना नेपाली टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानीयको र आठै जनाको मृत्यु भएको आरोहणदलमा रहेका नेपाली सदस्यका दाई प्रेमप्रसाद छन्यालले जानकारी दिए।
उनले भने ‘ घटनामा आठ जनाको शव देखिएको छ, उद्दारका लागि हेलिकोप्टर गएकोमा अहिले फर्किएको छ, फेरि अर्को हेलिकोप्टर उद्दारका लागि आउन लागेको छ, ९ जनामध्ये ८ जनाको शव भेटिएको भने एकको खोजी जारी छ।’
शुक्रबार राति हिमपहिरो गएको जनाकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको थियो। काठमाडौंको प्रोजक्ट ओए नामक एजेन्सी मार्फत टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो। पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।