|

काठमाडौ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वामदेव गौतमका लागि काठमाडौं ७ खाली गर्न सांसद रामवीर मानन्धरले अनुमतिका लागि दर्ज गरेको पत्रमाथि पार्टीमा औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताएका छन्। नेकपा सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले दशै, तिहार, छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीमा औपचारिक रूपमा प्रवेश नगरेको यस विषयमा अनेक टीकाटिप्पणी गर्नुको कुनै तुक नभएको बताए।
रामवीरको राजीनामाबारे आफूले कुनै औपचारिक रूपमा टीका टिप्पणी नगरेको उनको भनाइ छ। उनले भने, ‘यसै विषयलाई लिएर सचिवालय बैठक सारिएको पनि होइन त्यो हल्ला मात्रै हो। सचिवालय बैठक प्रदेश नेतृत्वलाई काम गर्ने समयका लागि सारिएको हो।‘ सरकारले छोटो समयमा सक्दो राम्रो काम गर्न प्रयासरत रहे पनि कमिकमोरजोरी सच्याउनुपर्ने उनको सुझाब छ। सरकारले प्रादेशिक संरचनाको निर्माण र कानुन कार्यान्वयनलाई तीव्रता दिएको भन्दै यसले अब गति लिने भएकोले ढुक्क रहन सबैलाई आग्रह गरे। यद्यपि पार्टीको तल्लो तहसम्म पार्टी एकता सम्पन्न नहुनुलाई असन्तुष्टि व्यक्त गरे।

उनले भने, 'लामो समयपछि देशमा राजनीतिक स्थिरता कायम भएको छ तर यसलाई जानेर वा नजानेर हल्लाउने काम भएको छ। केही चित्त बुझेन भन्दैमा यसलाई हल्लाउनु हुन्न भन्ने मान्यता मेरो हो।'
यहाँ लय मिलेको छैन। त्यो नहुनुमा तर्क नमिलेको हो। कहिलेकाही नाच्न नजान्ने, गीत गाउनेले त्यो प्रयास गरिरहेका हुन्छन त्यसको कुनै अर्थ छैन।
केही समुहले सामाजिक सद्भावमा खलल पुर्‍याउने प्रयत्न गरिरहेको भन्दै सामाजिक शक्तिलाई कमजोर बनाउन लाग्नेहरुको खोजी भइरहेको पोखरेलले बताए।
अर्को प्रसङ्गमा पोखरेलले सामाजिक तथा धार्मिक सद्भावलाई भत्काउने प्रयास भइरहेको भन्दै त्यसका विरुद्ध पार्टी, सरकार मात्र नभएर जनता पनि एकतामा बाँधिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.