|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ।  उनको ७४ वर्षको उमेरमा निधन भएको हो।

बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बाँस्तोलाको शनिबार साँझ ९ बजेर २० मिनेटमा खुमलटारस्थित निवासमा निधन भएको हो। बाँस्तोलाको घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र सुभेच्छुकको भीड लागेको छ। 

बाँस्तोलाको निधन भएको जानकारी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जाल फेसबुकमा लेखेर दिएका छन्। 

बाँस्तोला २०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका थिए। उनलाई त्यतिबेला मस्तिष्कघात भएको थियो। मस्तिष्कघात भएपछि बाँस्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो। तर, उपचार सम्भव नभएपछि बाँस्तोलालार्इ पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा राखिएको थियो। बाँस्तोलाको स्वास्थ्यअवस्था शनिबार बिहानदेखि अत्यन्त गम्भीर भएको थियो। 

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रहेका बाँस्तोला पूर्वमन्त्री पनि हुन्। उनी भारतका लागि पूर्वराजदूतसमेत रहिसकेका थिए।

नेपाली कांग्रेसका पुराना नेता बास्तोलाका श्रीमति र दुई छोरी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.