|

काठमाडौं : नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीर आइतरबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ।

बाँस्तोलाको शनिबार साँझ ७४ वर्षको उमेरमा निधन भएको हो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्तोलाको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने जानकारी दिएका छन्। उनका अनुसार बाँस्तोलाका दुवै छोरीहरू देश बाहिर छन्। उनीहरू आइतबार अपराह्न मात्रै नेपाल आइपुग्ने र त्यसपछि श्रदाञ्जलीका लागि पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। बाँस्तोलाका छोरीहरू गरिमा र सुम्निमा आइतबार अपराह्न मात्रै काठमाडौं आइपुग्ने बताइएको छ।

बाँस्तोलाको दाहसंस्कारको सूचना भोलिमात्रै निर्धारण गरिने शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.