|

बागलुङ : बागलुङको बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधि प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन्। जंगलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध–दही राख्न प्रयोग गरिन्छ।

पछिल्लो समय बजारमा आएका प्लास्टिक र स्टिलका सामानका कारण काठको ठेकीको माग घट्दै गएको व्यवसायीहरू बताउँछन्। बागलुङमा उत्पादन हुने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन्।

गिठेदारको ठेकीलाई व्यवसायीहरूले मानाको सात सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.