|
प्रतीकात्मक फोटो

काठमाडौं : धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंलाई हरियो झण्डा देखाएर स्वागत गर्ने संकेत गरेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२.४३ विन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.५१ विन्दुले बढेको छ।

समग्रमा आइतबार नेप्से १.१५ विन्दुले बढेको हो। कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्से परिसूचक उल्लेख्य मात्रामा बढे पनि कारोबार रकममा भने सोचेजति वृद्धि हुन सकेन। कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ। जलविद्युत् १.३१ र उत्पादन ९५.७३ विन्दुले घटेको छ। यस्तै बैंकिङ १७.३७, होटल ५५.३४, विकास बैंक १८.१५, वित्त ३.२४, निर्जीवन बिमा ८७.६१, अन्य ४.२७, माइक्रोफाइनान्स ११.१४, जीवन बिमा ५७.४९ विन्दुले बढेका छन्।

स्टकका अनुसार आइतबार एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनीले कमाएका छन् भने यूनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले आइतबार गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.