|

काठमाडौं : फिल्म 'प्रसाद'को नयाँ गीत सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'वनकी चरी' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर, सुवाष भुषालको शब्द तथा वि. पाण्डेले संगीत सुन्न सकिन्छ।

भिडियोमा अभिनेता विपिन कार्की गायक बनर्का छन्। शिव विकको नृत्य निर्देशनमा तयार भएको भिडियोमा निश्चल बस्नेत र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ। 

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। पत्रकार सुशील पौडेलले लेखेको फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ। फिल्ममा नम्रता श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ।

फिल्ममा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.