|

लमजुङ :  पहिलो शाह वंशीय राजाको शालिक अनावरण भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले शाह वंशको शासनकाल थालनी भएका बेला यशोब्रह्मा शाहको अर्धकदको शालिक आइतबार अनावरण गरेका हुन्।

लमजुङकाे बेँसीसहर नगरपालिका ३ गाउँशहर दरबारमा यशोब्रह्मा शाहको सालिक अनावरण गरिएको हो। प्रधानसेनापति थापाले लमजुङ दरवारस्थित कालिका मन्दिरमा पूजापाठ पनि गरेकाे थिए। यशोब्रह्मा शाहको अर्धकदको शालिक बेंसीसहर उदिपुरमा रहेको श्रीजंग गणले स्थापना गरेको गणपति शेखर जबराले बताए। उनका अनुसार ललितकला क्याम्पसवाट मूर्तिकलामा स्नातकोत्तर गरेका पहिलो सैनिक ओखलढुंगा निवासी माधव पौडेलले तीन महिना लगाएर शालिक निर्माण गरेका हुन्।

अनावरण गरिएको शालिक ६५ किलो र बाहिरी भाग पितलबाट निर्माण गरिएको छ। श्रीजंग गणका गणपति शेखर जबराका अनुसार गणले कालिका मन्दिरमा पुरानो निशानको फर्दा फर्ने कार्य, मन्दिर परिसरमा अर्थिङको, नयाँ मौलोको व्यवस्था, निशान राख्ने दराजको व्यवस्था र मन्दिरमा बगैंचा निर्माण गरेको छ।  

बिसं १५५० मा शाहवंशीय पहिलो राजा यशोब्रह्म शाहले राजगद्दी सम्हालेका इतिहास रहेको छ। लमजुङ दरबारस्थित कालिका मन्दिरमा वर्षको दुई पटक पूजापाठ हुँदै आएको छ। कालिका मन्दिरमा बडादसैं र चैतेदसैंको महाअष्टमीमा सरकारी बली, स्थानीयले भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगा बली दिएर धुमधापसँग पूजापाठ गर्ने पुरानै चलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.