|

काठमाडाै‌ं : ललितपुर महानगरपालिकाले जिल्लामा रहेका पाँच ए डिभिजन क्लबलाई वार्षीक ४ लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ। शुक्रबार बसेको महानगरको बोर्ड बैठकले प्रत्येक ए डिभिजन क्लबलाई ४ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई गत शुक्रबार बसेको महानगरको बोर्ड बैठकले पारित गरेको हो। बैठकले थ्रीस्टारलाई थप २८ लाख रुपैयाँ रकम समेत उपलब्ध गराउने निर्णय गरेको छ। गत वर्ष ७ प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधिको ४ लाखका दरले २८ लाख रुपैयाँ क्लबलाई दिने निर्णय गरेको हो। यसबर्षमात्र क्लबले महानगरबाट ३२ लाख रुपैयाँ पाउने छ।

फुटबलको माध्यमबाट जिल्लाको खेलकुदको विकासमा योगदान पुर्‍याएको भन्दै महानगरले सो रकम प्रदान गर्ने निर्णय गरेको क्लबले जनाएको छ। महानगरबाट वर्षिक ४ लाख आर्थिक सहयोग पाउने क्लबहरुमा एनआईबीएल फ्रेन्ड्स, ब्रिगेड ब्वाईज, जावलाखेल र च्यासल युथ क्लब रहेका छन्। यसअघि काठमाडौ महानगरले जिल्लाका ६ वटा ए डिभिजन क्लबलाई वार्षिक ९ लाख ३० हजारको प्रायोजन सम्झौता गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.