|

भोजपुर : खारेज गरिएका सरकारी कार्यालयहरुमध्ये भोजपुरमा प्रदेश सरकारको माताहातमा सञ्चालन हुने गरी दुई वटा डिभिजन कार्यालय उद्घाटन गरिएको छ। आइतबार एक कार्यक्रम आयोजना गरी भोजपुरमा प्रदेश सरकारको मातहतमा सञ्चालन हुने गरी जिल्ला प्राविधिक कार्यालयको ठाउँमा पूर्वाधार विकास डिभिजन कार्यालय र जिल्ला सिंचाई कार्यालयको ठाउँमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको उद्घाटन गरिएको हो।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा ती दुई कार्यालयको उद्घाटन गरिएको हो। कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले छुट्याएको बजेटमध्ये पूर्वाधार विकास कार्यालयमार्फत ३४ करोड र जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयका लागि ११ करोड बजेट खर्च गर्न सकिने बताए। मुख्यमन्त्री राईले जिल्लाका सबै सरकारी कार्यालय जिल्लामा यथावत् राख्ने प्रदेश १ सरकारले योजना अघि बढाएको समेत बताए।

प्रतिनिधिसभाका सांसद सुदन किरातीले भोजपुरको प्याउलीमा स्थानीय तहको निर्वानको समयमा तीन बालबालिकाहको सामुहिक रुपमा गरिएको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन, जिल्लाका अधिकांश सरकारी र गैरसरकारी संघसंस्थामा हुने गरेको घुसखोरी कामलगायतका अपराधिक क्रियाकलापलहरुका दोषीलाई कार्वाहीको लागि संसदमा आवाज उठाइरहेको समेत बताए। 

नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति नन्दमणि राईले जिल्लामा नै सबै काम गर्न पाइरहेको बेला जिल्लाबाट सरकारी कार्यालय उठाएर सरकारले जनतालाई मारमा पारेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.