|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीहरुले सोमबार बिहान तीन वटा भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ।

निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी रहेका छन्। उनीहरुका साथबाट तीन वटा भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए।

निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि राखिएको क्यामेरामा दुई जना बन्दुकसहित देखिएका थिए। उनीहरुको भागेर भारत गएकाले निगरानी गर्दै आएको कार्यालय प्रमुख घिमिरेले बताए। दशैंका लागि घर आएका बेला उनीहरुलाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

पक्राउ परेका सबैलाई निकुञ्जको मझगाउँस्थित कार्यालयमा राखिएको छ। उनीहरुलाई वन्यजन्तु चोरी सिकारी, हातहतियार तथा खरखजनाअन्तर्गत मुद्दा गरिने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.