|

काठमाडौं : गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। शंकर थापाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।

पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। त्यस्तै, गीतकार अम्बिका गुरुङ पनि गीत राम्रो बनेको र यस गीतलाई दर्शक-श्रोताले मन पराउने तर्क राख्छिन्।

'मखमली चोली'को सफलता पछि त्यहीँ टीमबाट यस म्युजिक भिडियो तयार भएको छ।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आंचल शर्माको अभिनय रहेको छ। पुष्प र आंचलले सँगै काम गरेको यो पहिलो भिडियो हो। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेल हुन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.