|
प्रतीकात्मक फोटो

हंगेरी सरकारले यहाँका सडकमा सुत्न प्रतिबन्द लगाएको छ। घरबारविहीन मानिसहरूका सम्बन्धमा प्रधानमन्त्री विक्टर ओर्बन सरकारले ल्याएको नयाँ कानुन लागू भएपछि हंगेरीमा सडकमा सुत्नका लागि प्रतिबन्द लागेको हो।

तर सरकारको यो कानुनलाई आलोचकहरूले क्रुर बताएका छन्। हंगेरीको संसदले जुन २० मा संविधानमा संशोधन गरेर सधैँ सार्वजनिक स्थानमा निवास गर्नेलाई प्रतिबन्द लगाएको थियो। यसअघि सन् २०१३ मा एक कानुन बनाएर सधैं सार्वजनिक स्थलमा सुत्नहरूलाई जरिवाना तिराउने प्रावधान गरेको थियो।

सरकारी अधिकारहरूका अनुसार अब सडकमा बसेकालाई पूर्णरूपले हटाउने र झोपडी तोड्ने पूरा अधिकार प्रहरीमा हुनेछ। यो कानुनले समाजको हितको पूर्णरूपले ख्याल राख्ने सरकारी अधिकारीहरूले बताएका छन्। सामाजिक मामिला मन्त्री अत्तिला फूलोपले घरबारविहीन व्यक्ति राति सडकमा नबसुन र आम नागरिक विना झन्झट उक्त क्षेत्रको प्रयोग गर्नु सक्नु भन्ने उद्देश्यले उक्त कानुन ल्याइएको बताए।

विज्ञहरूका अनुसार अहिले बीस हजार मानिसहरू सडकमा बस्ने गरेका छन् तर सरकारी आश्रगृहमा करीब ११ हजार जनाका लागि मात्रै बस्ने सुविधा रहेको छ। सरकारले घरबारविहीनहरूका लागि दिने सुविधामा वृद्धि गर्ने जनाए पनि अन्तर्राष्ट्रिय संगठनहरूले हंगेरीको नयाँ कानुनको आलोचना गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.