|
प्रतीकात्मक फोटो

काभ्रेपलाञ्चोक : बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका ११ कालढुंगामा सोमबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ७५ प १९४९ नम्बरको स्टुकर र विपरित दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नम्बरको स्कारपियो आपसमा ठोकिँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला शैलुङ गाउँपालिका ७ बस्ने ३५ वर्षीय सोनाम लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनामा घाइते सोनामकी श्रीमती ३० वर्षीया विमला लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए। साथै सोही स्कुटरमा सवार १२ का छोरा मनिष लामाको नर्भिक अस्पतालमा उपचार भइरहेको  छ भने उनको अवस्था गम्भीर रहेको बताइएकाे छ।

प्रहरी नायव उपरीक्षक गिरीका अनुसार स्कारपियो इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा रहेको छ। घटना घटेपछि आक्रोशित भीडले हातपात गरेका कारण चालक जनकपुर उप-महानगरपालिका ४ का विक्रु ठाकुर सामान्य घाइते भएकाले उपचारपश्चात् थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.