|

पाल्पा : तानसेन नगरपालिका १२ अर्गलीस्थित गाइघाटमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइते मध्ये दुइजनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते हुनेमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ६ की २८ वर्षीया सीताकुमारी राई र गुल्मीको मुसिकोट गाउँपालिका २ की ७ वर्षीया जीया बलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी निरीक्षक अमृत भण्डारीले बताए। यस्तै अन्य घाइते हुनेमा नवलपरासी जिल्लाको वर्दघाट चिसापानी नगरपालिका २ का २६ वर्षीय अप्सन कार्की र गुल्मीको मुसिकोट गाउँपालिका२ का २६ वर्षीया माया बलामी रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको अहिले लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए। नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप अनियन्त्रित भई सडक छेउमा दुर्घटना भएको थियो।

जीपमा १४ जना सवार रहे पनि अन्यको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक भण्डाीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.