|

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य ओमप्रकाश पुनले सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका छन्। विजयादशमी तथा शुभदिपावलीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नगर समितिले सोमबार तुलसीपुरमा आयोजना गरेका चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचारमाध्यममा आए जस्तो वार्ता विरोधी नभएको बताएका हुन्।

‘सरकारले वार्ताका लागि चिठ्ठीसमेत लेखेको छैन,’– पोलिट ब्युरो सदस्य पुनले भने, ‘यदि वार्ता नै चाहेको हो भने काठमाडौंको टुडीखेलमा खुल्ला रूपमा बसेर वार्ता गर्न तयार छौँ।’ हतियार उठाउने पक्षमा आफूहरू नभएको भन्दै उनले आफूहरू शान्ति र समृद्धिको पक्षमा रहेको स्पष्ट पारे।

‘भाइ बहिनी काका गरेर आफ्नै परिवारका ११ जना सदस्य गुमाएकोले सबैभन्दा पीडित व्यक्ति म आफैँ हुँ,’ पुनले भने ‘ तर सरकारले शान्तिपूर्ण तवरले संगठन निर्माणमा जुटेकालाई पक्राउ गरी झुट्टा मुद्दा लगाएर जेलमा कोच्ने काम गर्छ। शान्ति विरोधी सरकार हो कि हामी?’

पोलिट ब्युरो सदस्य पुनले हिंसात्मक संस्कृतिलाई शान्तिमा रुपमान्तर गर्न विमर्शको आवश्यक रहेको बताए। कम्युनष्टि पार्टी धर्म विरोधी नभई धर्म निरपेक्ष भएको भन्दै उनले लाखौँ जनावरलाई बली दिएर लोकको कल्याण नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.