|

जुम्ला : जुम्लामा भएको जिप दुर्घटमा परी तीन जनाको मृत्यु भएको छ। सिँजा क्षेत्रको हिमा गाउँपालिकाको जुगाडा नजिकै भे १ ज ८३५ नम्बरको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा एक बालिका पनि रहेको प्रहरीले जनाएको छ। जुम्ला प्रहरीका अनुसार मृत्यु हुनेहरू जुम्ला जिल्ला तिला गाउँपालिका ३ का हुन्। मृतक लाले सार्कीको सनाखत भए पनि एक महिला र बालिकाको सनाखत हुन सकेको छैन। बुधबार दिउँसो करिब तीन बजेको समयमा भएको उक्त दुर्घटमा अन्य चारजना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

यस्तै बुधबार नै सिँजाको हाडसिँजा भन्ने स्थानमा अर्को जिप दुर्घटनामा परी ६ जना यात्रु घाइते भएका छन्। उक्त घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको डिएस्पी सिताराम रिजालले बताए। दुवै दुर्घटनाका घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञन प्रतिष्ठान जुम्ला ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.