|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महासमिति बैठक सर्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित नेपाली कांग्रेसको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले मंसिर ५ देखि ९ गतेसम्म बस्‍ने भनिएको महासमिति बैठक सर्नसक्ने बताएका हुन्। 

कार्यक्रममा कोइरालाले सञ्चारकर्मीहरू माझ प्राविधिक कारणले २ देखि ३ हप्तासम्म बैठक सर्ने उनको भनाइ छ। आउँदो महासमिति बैठक नभएसम्म कांग्रेस जसरी चलेको छ त्यसरी नै जाने र आफू सभापति बनेपछि सबैलाई समेटेर लाने कोइरालाको दाबी छ। सञ्चारकर्मीहरूको जिज्ञासामा महामन्त्री कोइरालाले कोइराला परिवारको नेपाली कां‌ग्रेसमा ठूलो त्याग र योगदान रहेको र आफू नै कोइराला परिवारबाट सभापतिको दाबेदार रहेको पनि सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.