|

जनकपुरधाम : महोत्तरीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिका ६ सरपल्लोका १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ६५ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको हो।

बालिका बलात्कारको आरोपमा सोही ठाउँ बस्ने ६५ वर्षीय खेभन साहलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत शनिबार घरमा एक्लै रहेको मौका छोपी साहले बालिकाको घरमै आएर घरमा माथिल्लो तल्लामा बोलाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा साहलाई आइतबार पक्राउ गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए। साहमाथि ७ दिनको म्याद थप गरी जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रहरी उपरीक्षक कार्कीले जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.