|

भक्तपुर : लक्ष्मी पूजा गर्ने क्रममा बालेको झिलिमिली बत्तीको विद्युत सर्ट भई आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुंगेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो।

सोही घरको भुइँ तल्लामा किराना पसलको व्यवसाय गर्ने ढुंगेल लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला विद्युत सर्ट भई आगलागी भएको महानगरिय प्रहरी प्रभाग सानो थिमिका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए।

आगलागीबाट करिब १० तोला सुनका गरगहना, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए।

करिव ७ः४५ बजे लागेको आगो स्थानीय, नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको दमकलको संयुक्त प्रयासले ९ बजे नियन्त्रणमा आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.