|

सोलुखुम्बु : खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। 

खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलम पिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षीया जिल समसि भेराको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए। उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन्। यसैबीच ४८ वर्षीय युक्रेनी नागरिक एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि आजै मृत्यु भएको छ। खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करस्थित लाली गुराँस होटलमा बास बसेर मन्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। 

बिहीबार बिहान करिब ११ः५५ अचानक मृत्यु भएको बताइएको छ। साथमा उनकी श्रीमतीसमेत रहेकी थिइन्। शब लुक्ला ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्ट मार्टमका लागि काठमाडाैं लगिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.