|
फाइल फोटो

काठमाडौं : कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पंञ्चरंगी वा सप्तरंगी टीका लगाएर उनीहरूको सुस्वास्थ्य र लामो आयुको कामना गर्छन्।दाजुभाइले चाहिँ दिदीबहिनीको दीर्घायु गर्नुपर्दैन? यो प्रश्न पनि उठ्न सक्छ। 

सन्दर्भ यमुनाले आफ्ना दाजु यमलाई घरमा बोलाएर पूजा गरेको भए पनि दाजुभाइले समेत यसै बेला दिदीबहिनीको ‘शुभ’ कामना गर्ने वा उनीहरूलाई शुभ आशीर्वाद दिने विधान छ। 

वाराणसीबाट प्रकाशित बाबू माधवप्रसाद शर्माबाट संकलित ‘वार्षिक रत्नावली पुस्तक’ मा यमद्वितीयाको पूजाविधिमा भाइ वा दाजुले दिदीबहिनीलाई टीका लगाउँदा उच्चारण गरिने मन्त्रको भाव यस्तो छ, ‘तिमीलाई लक्ष्मी–सरस्वती आदि देवीका गुण प्राप्त होस्, आयु–श्री–यशले भरिपूर्ण होस्। तिमी पति–पुत्रको ऐश्वर्यबाट जन्म जन्म सुशोभित भइरहू।’

यसकारण यो पर्वमा दिदीबहिनीले दाजुभाइको मात्र होइन, दाजुभाइले पनि दिदीबहिनीको मंगल कामना गर्ने हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.