|

सोलुखुम्बु  : खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङबोचेमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडि नाम गरेकी महिला रहेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आइतबार भ्रमणका लागी खुम्बु आइपुगेका ४ जनाको समूह दिङबुचेस्थित गुडलक होटलमा बास बसेका थिए  बास बसेकै ठाउँमा वङ वेनडिको राती मृत्यु भएको प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए। मृत्युको कारण यकिन नभए पनि हाई अल्टिच्यूट हुन सक्ने अनुमान गरिएको छ।

शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि सोमबार बिहान हेलिकाेप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.