|

प्यूठान : उत्तरी प्यूठानको गौमुखी गाउँपालिकाका विपन्न परिवार टिनले छाएको घरमा बस्न पाउने भएका छन्। मंगलबार गौमुखी गाउँपालिकाले गौमुखी गाउँपालिकाका खरले छाएका एकहजार ६३३ घरमा टिनको छाना बनाउनका लागि हुलास स्टील कम्पनीसँग सम्झौता गरेको छ।

गाउँपालिका भित्र रहेर खरले छाएको छानोमा बसिरहेका विपन्न परिवारको सहजताको लागि गाउँपालिकाले खरको छानो विस्थापित गर्न थालेको जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ सालको वार्षिक गाउँपालिका दोस्राे सभाबाट खर विस्थापित गर्न गाउँपालिकाले योजना बनाएको गाउँपालिकाका प्रमुख बिष्णु गिरीले बताए। उनका अनुसार गौमुखी गाउँपालिका र हुलास इण्डस्ट्रिज कम्पनीबीच जस्तापाता आपूर्तिसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

‘पाँच हजार ५५५ वण्डल जस्तापाता एक हजार ६३३ परिवारको लागि खरको छाना विस्थापित हुने गरी बनाउने सम्झौता गरेका छौं’ गाउँपालिका प्रमुख गिरीले भने।   
गाउँपालिकाले पाँच करोड २८ लाख ४४ हजार ८८ रुपैयाँमा विपन्न परिवारको लागि निशुल्क टिन उपलब्ध गराउने छ।

जस्तापाता मंसिर २० सम्म वडा कार्यालयमा आउनेछ र विरतण पनि वडा कार्यालयबाटै हुने गाउँपालिकाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.