|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको चिनियाँ टोलीले कर्णाली करिडोर फाष्ट ट्रयाकको हवाई सर्वे गरेको छन्। मुख्यमन्त्रीको नेतृत्व र चिनियाँ सिचुवाङ प्रान्तको सिआरसी रेल वे कम्पनीको टोलीले बाँकेको जमुनादेखि हुम्लाको हिल्सा नाकासम्म प्राराम्भिक सर्वे गरेको हो।

सर्वेका लागि हुम्ला पुगेका मुख्यमन्त्री शाहीले भौगोलिक अवस्था कठिन भएकाले हवाई सर्वे गरिएको बताए। सडकबिना प्रदेशको समृद्धि नहुने भएकाले सडकलाई पहिलो प्राथमिता दिएको मुख्यमन्त्री शाहीको भनाइ छ। ‘हिल्सा फाष्ट ट्रयाक सडक महत्त्वपूर्ण रणनीतिको सडक हो,’ मख्यमन्त्री शाहीले भने ‘यसका लागि संघीय सरकारसमेत सकारात्मक देखिएको छ।’ हिल्सा नाका कैलाश मानसरोवरसम्मको गन्तव्य तथा व्यापारिक नाका रहेकाले सडकमा लगानी गर्दा कर्णाली प्रदेशको लागि विकासको मेरुदण्ड सावित हुने मुख्यमन्त्री शाहीको भनाइ छ।

यसैबीच  कर्णाली प्रदेश प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले पनि सडक निर्माण कार्यलाई सकारात्म रूपमा लिनुपर्ने बताए। जुमनादेखि हिल्सासम्मको फाष्ट ट्रयाक निर्माण गरे मानसरोवरका लागि उपयुक्त नाका हुने प्रतिपक्ष दलका नेता शाहीको भनाई थियो।

सिचुवाङ प्रान्तका चिनियाँ सरकारी कम्पनीका नेपाली प्रतिनिधि कविन्द्र जोशीले चिनियाँ इन्जिनियर टोलीले गाडीबाट समेत सर्वे गर्ने बताए। सर्वेको प्रतिवेदन तयार भएपछि कस्तो सडक बनाउने भन्ने विषयमा बजेट समावेश गर्ने जोशीको भनाई छ।

सर्वेमा प्रदेशका मुख्यमन्त्रीसहित आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दलबहादुर रावल, भौतिक विकास मन्त्री खड्क खत्री, कर्णाली प्रदेका प्रतिपक्ष दलका नेता, प्रतिनिधि सभाका सदस्य छक्क बहादुर लामा, सिचुवाङ प्रान्तका चिनियाँ कम्पनीका नेपाली प्रतिनिधि जोशीलगायत सात सदस्य प्राविधिक टोलीको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.