|

सोलुखुम्बु : सगरमाथा क्षेत्र भ्रमणमा आएका एक विदेशी पर्यटकको मंगलबार मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा विदेशी पर्यटकको मृत्यु भएको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए। 

प्रहरीका अनुसार मंगलबार बिहान १०ः२० बजे ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेकी जापानी नागरिकको मृत्यु भएको होे। लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमानै उनको मृत्यु भएको बताइएको छ। गाउँपालिका ५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बूको भनाई छ। मृत्युको कारण भने खुलेको छैन। 

आइतबार मात्र सोही गाउँपालिका ४ दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएकोे थियो। त्यसरी नै सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने ठाउँमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर ज्यान गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.