|

काठमाडौं : चुनावको समयमा मैले ललितपुर महानगरपालिकाका बासिन्दालाई निकै चाखलाग्दो गरी एउटा प्रतिवद्धता जनाएको थिएँ। ललितपुर महानगरपालिकालाई हस्तकलाको शहर बनाउने कुरा मैले गरेको थिएँ। मेरो कुरालाई जनताले विश्‍वास गरे पनि मलाई नै थाहा थिएन। 

आज सबैभन्दा पहिले म आफैँलाई शुभकामना छ। क्राफ्ट सिटीको रूपमा ललितपुर महानगरपालिकालाई घोषणा गर्न पाउनु मेरा लागि र ललितपुरबासीका लागि ठूलो उपलब्धि हो। चुनावको बेला मैले जनाएको प्रतिवद्धता पूरा गर्नका लागि हस्तकला महासंघको साथ खोजेँ, महासंघका अध्यक्ष धर्मराज शाक्यले ए लेख्न भन्दा मैले 'ए' नै लेखेँ, 'बी' लेखिनँ। 

विश्‍वका १६औँ शहरमध्ये नेपाल पनि वर्ल्ड क्राफ्ट सिटीको रूपमा घोषणा भएको छ। यसका लागि मैले महासंघ र अध्यक्ष धर्मजीलाई धन्यवाद दिन चाहन्छु। त्यस्तै धन्यवाद विश्‍वकला परिषद् र एसिया हेर्ने अध्यक्षलाई पनि दिनुपर्छ। 

हामीले अप्लाई गरेको केही दिनमा महानगरका विभिन्न गल्लीमा गएर विश्‍व कला परिषद्ले अनुगमन गर्‍यो। अप्रिलमा अप्लाई गरेका थियौँ, केही दिनमै उहाँहरू सन्तुष्ट भएर महानगरलाई वर्ल्ड क्राफ्ट सिटीमा राख्नुभयो, जुन आज (बुधबार) घोषणा भएको छ। 

सूचीकृत भएसँगै यसलाई कसरी अघि बढाउने भन्ने सवालमा मैले महासंघसँग सहकार्य गर्नेछु र उहाँहरूले दिएको होमवर्क गर्नेछु। राजनीतिकर्मीहरूले धेरै कुरा नबुझिएको हुनसक्छ, कसैलाई विश्‍वास गरेर अघि बढ्नुपर्छ। 

ललितपुरको जगतनारायण मन्दिर पनि त्यस्तै छ। काम पहिले नै सकिनुपर्ने हो, अहिलेसम्म काम भएको छैन। मैले यस विषयमा सरकारका मन्त्रीहरूलाई जानकारी गराएको छु। हो हो गर्नुहुन्छ तर कानमा बतास लागेको छैन। 

तर म रातदिन खटिने र दिन दुई गुणा, रात चार गुणाको हिसाबले प्रगति गर्ने लक्ष्य लिएर अघि बढेको छु। अहिले ललितपुर महानगरपालिकामा हरेक १० जना मान्छेमध्ये तीनदेखि चार जनाले हस्तकलाको व्यवसाय गरेका छन्। यस कारण पनि ललितपुर हस्तकलाको शहर हुनु न्यायोचित पनि हो। 

अहिले काठमाडौंमा लागेको हस्तकला व्यापार मेलामा ६० प्रतिशत स्टल ललितपुरका देखेँ, यसमा पनि म खुसी छु। मेरो ध्यान अब अर्को पटक विश्‍व कला परिषद्‌बाट आउँदा कसरी इँट्टा थपेको देखाउने हो भन्नेमा रहेको छ। ललितपुरमा पर्यटकको प्रवर्द्धन गर्नु रहेको छ। 

ललितपुरमा धेरै महत्त्पूर्ण स्थलहरू रहेका छन्। नेपालका सातवटा वर्ल्ड हेरिटेजमध्ये पाटन पनि एक हो। भूकम्पले क्षति पुर्‍याएको यो क्षेत्रको काम अहिले निकै तीब्रताका साथ भएको छ। डोनरहरूको सहयोगमा भएको यो काममा समुदायको सहभागिता छ। काम देखेर डोनरहरू पनि खुसी छन्। 

दु:खको कुरा, नेपाल सरकारको तर्फबाट पैसा लिएर गरिएका सबै काम खतम छन्। टेन्डर गरिन्छ, देशभरबाट लो विलिङमा काम दिइन्छ, काम हुँदैन। 
बुङमतीमा दिइएको टेण्डर असुहाउँदो रहेको छ। ठेकेदारहरू सरकारको आँखामा छारो हाल्ने काम सजिलै गरिरहेका छन्। रातो मच्छिन्द्रनाथको काम पनि त्यस्तै रहेको छ। छ महिनामा सक्ने काम २२ प्रतिशत पनि सकिएको छैन। गुणस्तरका कुरै नगरौँ। 

ललितपुरको जगतनारायण मन्दिर पनि त्यस्तै छ। काम पहिले नै सकिनुपर्ने हो, अहिलेसम्म काम भएको छैन। मैले यस विषयमा सरकारका मन्त्रीहरूलाई जानकारी गराएको छु। हो हो गर्नुहुन्छ तर कानमा बतास लागेको छैन। 

यति कुरा गर्नुको कारण निर्माणको काममा समुदायको सहभागिता अनिवार्य छ। टेण्डर र लो विलिङको नाममा हाम्रो निर्माण खस्किएको छ। म महानगर प्रमुख भएपछि सकेसम्म जनताको सन्तुष्टिका लागि काम गर्ने हो। गरेको छु। मैले प्रत्येक वर्ष इँट्टा थप्ने काम गर्छु तर स्थानीयको सहभागिता भने अनिवार्य पर्नेछ। वर्ल्ड क्राफ्ट सूचीमा महानगर पर्नु मेरो चुनावमा गरेको एक प्रतिवद्धता पूरा हुनु पनि हो। म महानगरलाई थप राम्रो बनाउन केन्द्रित हुनेछु। 

(बुधबार १६औँ हस्तकला व्यापार मेलामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले व्यक्त गरेको धारणाको सम्पादित अंश)
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.