दाङ : थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार एक प्रहरी जवानलाई पक्राउ गरेको छ।
प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिए। प्रहरीको गाडीबाट बुधबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए।
थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताए। फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।