|

पाल्पा : सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बेतिया घर भएका २२ वर्षीय कौशर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

रामपुर नगरपालिका ४ मामजदुरी गर्दै आएका मियाँले रामपुर नगरपालिका ७ की सात वर्षीया  बालिकालाई बलात्कार गरेका हुन्। बिहीवार अपराह्न ४ बजेतिर उनले बालिकाको घरमा अभिभावक नभएको मौका पारी बलात्कार गरेको घिमिरेले बताए। उनका अनुसार यसअघि पनि उनले ती बालिकालाई पटक पटक बलात्कारको प्रयास गर्दै आएको खुलेको छ।

मियाँलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रनाउ घिमिरेले बताए । बालिकाको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.