|

काठमाडौं : थाहासञ्चार नेटवर्कमा कार्यरत देविराम देवकोटामाथि हातपात गरेको आरोपमा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ। देवकोटालाई तिहारको छुट्टी मनाएर राजधानी फर्कने क्रममा बिहीबार साँझ बाँकेको कोहलपुर बसपार्कमा  बसको टिकटको विषयमा विवाद हुँदा टिकट काउन्टरका प्रकाश चन्दले कुटपिट गरेका थिए।

बसका चालक शंकर तरमु र भेरी बस समितिको टिकट काउन्टरका इन्चार्ज सानु गिरीलाई पक्राउ गरेको कोहलपर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए। पक्राउ परेकाहरूलाई अहिले इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ। कुटपिटमा संलग्न चन्द भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। देवकोटको आँखा र टाउकोमा गहिरो चोट लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.