|

बाजुरा : गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सातमहिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ।

सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन्। नेपालको संविधानले १० वर्षमुनिका बालबालिकालाई यातना दिन नपाइने अभिवक्ता हर्क खडायतले बताए। प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले नाबालिकाकी आमा कमला रोकायालाई सोही वडाकी सङ्गीता रोकायाले ठगी मुद्दा दायर गरेपछि महिला प्रहरीको सेफ हाउसमा राखिएको जानकारी दिए।

उनले सो वडामा रहेको बालविकास केन्द्रमा कर्मचारी राख्ने विषयमा विवाद हुँदा ठगीको उजुरी परेपछि पक्राउ गरिएको बताए। नाबालिकालाई एक सातादेखि हिरासतमा राख्दासमेत जिल्लामा बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा अधिकारकर्मीले चासो नदेखाएको आफन्तको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.