तीन वर्षमा खर्च गरिने

|

काठमाडौं :  अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको दिगो विकासका लागि करिब एक खर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ। शुक्रबार आइएफसीले ८०० मिलियन डलर अर्थात् शुक्रबारको डलरको दरअनुसार ९२ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने घोषणा गरेको हो।

नेपालमा स्थिर सरकार गठन भएको र लगानीका वातावरणहरू सिर्जना भएको कारण लगानी बढाउन थालेको आइएफसिले जनाएको छ। 'नेपालमा अहिले स्थिर सरकार गठन भएको छ, लगानीका वातावरणहरू सिर्जना भएका छन्' आइएफसीका नेपाल निर्देशक वेन्डी वेर्नरले भनिन्। उनका अनुसार यो रकम आगामी तीन वर्षमा खर्च गरिने छ।

आइएफसीले बढाउने नयाँ लगानी भने नेपालको निजी क्षेत्रमार्फत् खर्च गर्ने जनाएको छ। नेपालको पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने जनाएको छ। तुलनात्मक रूपमा निजी क्षेत्रले राम्रो गर्दै गएको र उचित व्यवस्थापकीय क्षमता देखिएको भन्दै नेपालको निजी क्षेत्रमार्फत् लगनी गर्ने उसले जनाएको हो।

आइएफसीले नपालमा गर्ने यो लगानीले देशको व्यापार सन्तुलनमा सहयोग पुग्‍ने बताएको छ। कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लगानीकर्ताहरूलाई विश्‍वास गर्ने वातारवरण बनाएको बताए। उनले दिगो र गुणस्तरीय लगानी वृद्धिको लागि सरकारले आवश्‍यक  काम गर्नेसमेत बताएका छन्। सरकार कानुनी र प्रक्रियागत सुधारको काममा लागेको उनले समेत बताए।

अर्थमन्त्री खतिवडाले आइएफसीले गर्ने लगानीबाट उत्पादन वृद्धि हुने र व्यापार सन्तुलनमा सहयोग पुग्ने बताए। नेपालमा भौगोलिक कठिनाइ  रहेर पनि लगानीको वातारण बन्दै गएको तथा न्यूनतम पूर्वधार विकासको काममा सरकार केन्द्रित भएको भन्दै विश्‍वस्थ भएर लगानी गर्न आग्रह गरे। अर्थमन्त्री खतिवडाले वर्तमान सरकारले दोहोरो अंकको आर्थिक वृद्धिका लागि जग बसाल्ने काममा लागेको समेत उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.