|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न नसकिने बताएका छन्।

प्रधानमन्त्री अोलीले हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै नपर्ने भन्दै आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध रहेको बताए। सातौँ राष्ट्रिय कर दिवसका अवसरमा करदाता र कर सङ्कलन तथा राष्ट्रसेवक कर्मचारीहरूलाई शुभकामना दिँदै उनले सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको दाबी गरे।

'चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ', उनको सन्देशमा भनिएको छ, 'यस अवधिमा राजश्व सङ्कलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ। यही अवधिमा कर सङ्कलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ।'

‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ शनिबारदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.