|

प्यूठान : गाउँ गाउँमा देउसी भैलो खेलिन्छ। देउसी भैलोबाट केही ठाउँमा सामाजिक क्षेत्रमा लगानी गरिए पनि प्रायः भोज, पिकनिक गरेर सकिन्छ। तर प्यूठान नगरपालिका ४ टारीमा रहेका बालबालिकाले बाल क्लबको तर्फबाट देउसी भैलो खेलेर संकलन गरिएको दान विपन्न समुदायका केटाकेटीका वर्गका लागि खर्च गरेका छन्। 

प्यूठान नगरपालिका ६ टारीमा रहेको जनसेवा बाल समूहको देउसीभैलो कार्यक्रमबाट ४८ हजार ५१० रुपैयाँ संकलन भएको बाल क्लबले जनाएको छ। संकलित रकमबाट प्यूठान नगरपालिका ४ खानीखोला निवासी मिनबहादुर सुनारकी छोरी ६ वर्षीया समीक्षा सुनारलाई न्यानो लुगा, कापी, पेन्सिल र कटर, खानीखोलाकी एकल महिला पिमा सुनारको भत्किएको घरको निर्माणका लागि पाँच हजार रुपैयाँ सहयोग गरिएको छ।

अरु रकम स्थानीय गाउँघर फोहोर व्यवस्थापनको लागि खर्च गर्नेगरी छुट्याइएको स्थानीय सुमन सुवेदीले जानकारी दिए। गाउँघर सफा राख्न बाल क्लबले गाउँघरबाट निस्किने फोहोर व्यवस्थापन लागि परेको सुमन सुवेदीले बताए। ‘गाउँ भित्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि फोहोर संकलन गर्ने स्ट्याण्ड बनाउने र विभिन्न सचेतनामूलक नारा लेखिएका होर्डिङ बोर्डहरू निर्माण गर्ने गरी बजेट छुट्याएका छौँ’ सुवेदीले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.