|

ललितपुर : सात घण्टाको रस्साकस्सीपछि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पाँच मिनेटमै स्थगित भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बस्न बसेको केन्द्रीय समिति बैठक संस्थापन समूह र संस्थापनइतर समूह बीचको विवादका कारण सात घण्टा ढिला गरी बसेको थियो। बैठक दिउँसो दुई बजेका लागि बोलाइएको भएता पनि साँझ सात बजेपछि सुरु भएर पाँच मिनेटमै स्थगित भएको हो।

बैठक आइतबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको कार्यकाल आइतबार मध्य रातमा सकिने भएकाले सोका विषयमा शनिबारको बैठकले निर्णय गर्ने एजेन्डा थियो। पार्टी सभापति शेरबहादुर देउवा नेविसंघका विषयमा प्रवेश गरेलगत्तै बैठक स्थगित भएको हो।

प्रवक्ता शर्माले शनिबारको बैठक सौहार्दपूर्ण वातावरणमा सपन्न भएको भन्दै भोलि पुनः २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने गरी स्थतिग भएको बताए। उनले भने 'आजको मिटिङ सौहार्द रूपमा सकियो। भोलिको बैठकले नेविसंघका दुईवटा विकल्पका बारेमा निचोड निकाल्ने छ। तदर्थ समिति गठन गरेर जाने वा विधानमा रहेको धारा खारेज गरेर अघि बढ्ने भन्ने विषयमा निर्णय हुन्छ।'

महासमिति बैठकका विषयमा राजनीतिक प्रतिवेदन बनाउन बनेको पोखरा समितिको कार्यक्रममा सभापति देउवा र जनकपुरको कार्यक्रम वरिष्ठ नेता जना कार्यक्रम पनि स्थगित गरिएको प्रवक्ता शर्माले बताए। केन्द्रीय समिति बैठकका कारण दुवै नेता जान नसक्ने भएकाले उक्त कार्यक्रममा पार्टीका अन्य नेतालाई पठाउने सहमति भएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.