|

काठमाडौं : निकट भविष्यमा डेढ दर्जन जलविद्युत् कम्पनीका प्राथमिक सेयर(आईपीओ) बजारमा आउने भएको छ। ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा अनुमति दिइसकेका छन्।

कान्तिपुर दैनिकका अनुसार बोर्डबाट अनुमति पाएसँगै ती सेयर बजारमा आउनेछन्। बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

हाल विभिन्न क्षेत्रका २१ कम्पनीको प्राथमिक तथा थप निष्कासन आईपीओ एफपीओ) बजारमा आउँदैछ। तीमध्ये १६ वटा जलविद्युत् कम्पनी, ४ वटा लघुवित्त र एक अन्य क्षेत्रका कम्पनी छन्। हाल सेयर निष्कासन अनुमति रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासीका र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन्।

बोर्डको तथ्यांकअनुसार विभिन्न क्षेत्रका २१ कम्पनीले कुल तीन अर्ब २७ करोड ३४ लाख ३८ हजार रुपैयाँ बराबरको तीन करोड २७ लाख ३४ हजार कित्ता सेयर निष्कासन हुँदैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.