|

रुकुम : रुकुम पश्चिममा एक व्यक्तिले बन्दुक र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या गरेका छन्। त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा प्रकाश बुढाको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काका अनुसार उक्त घटना शनिबार राति २ बजे घटेको थियो भने प्रहरीलाई बिहान ७ बजे मात्र खबर भएको थियो। प्रहरीका अनुसार बुढाले श्रीमतीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेका हुन् भने  छोरालाई खकुरी प्रहार गरी हत्या गरेका हुन्। श्रीमती र छोराको हत्यापछि बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरी घाइतेसमेत भएका छन्। घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले बताएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.