|

जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साीताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ। त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता जानकीबीच भएको बिवाहको स्मरणमा यही मंसिर २६ गते हुने रामजानकी बिवाह पञ्चमीको तयारी सुरु भएको हो। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णबले राम जानकी बिवाह पञ्चमीलाई भब्य रुपमा मनाउने तयारी गरिएको जनाएको छ। देश संघीयतामा गएपछि प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक हुने विवाह पञ्चमी महोत्सवको तयारी भव्यतापूर्वक गर्ने जनाईएको छ। यसका लागि प्रदेश सरकार तथा स्थानीय सरकारले समेत सहयोग गर्ने जनाईएको छ।    

महोत्सव अन्तर्गत मंसिर २१ गते जनकपुर नगर दर्शन, २२ गते फुलबारी लीला, २३ गते धनुषयज्ञ, २४ गते तिलकोत्सव, २५ गते मटकोर, २६ गते शुभबिवाह र २७ समापनमा रामकलेबा लगायतका कार्यक्रमलाई भव्यता प्रदान गर्न जानकी मन्दिर जुटेको छ। यस वर्षको बिवाह पञ्चमीमा जन्तीहरुको सहभागिताका लागि भारतको अयोध्या निम्तो पठाइसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए। 

अयोध्याबाट जन्ती बनेर मुख्यमन्त्री योगी आदित्यनाथ आउने

बिबाह पञ्चमी महोत्सवमा जन्ती बनेर अयोध्याका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन्। यस अघि भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको जनकपुरधाम आउने कार्यक्रम भएपनि स्थगित भएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए।आगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमीकै अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर जनकपुरधाम आउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएको छ।

छोटे महन्थ रामरोशन दास वैष्णवले, ‘भारतका गृहमन्त्री राजनाथ सिंह आउने कुरा थियो। तर उनी आउने कार्यक्रम रद्द भएको छ। तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने जन्ती बनेर आउने कार्यक्रम निश्चित भएको छ। सोही अनुसार हामी तयारीमा लागेका छौं।’

भारतीय राजदूत मञ्जिभ सिंह पूरी लगायतले जनकपुरधाममा आएर गृहमन्त्री सिंहको भ्रमण स्थगित भएको औपचारिक जानकारी गराएको महन्थ वैष्णवले जानकारी दिए। राजदूत पुरीले जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहलाई समेत मुख्यमन्त्री आदित्यनाथ आउने जानकारी गराएका थिए। यस अघि रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीका लागि प्रदेश सरकारले जानकी मन्दिरलाई २५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा समेत गरेको छ। मुख्यमन्त्री आदित्यनाथलाई समकक्षी प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा जन्तीको रुपमा स्वागत गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.