|

हेटौंडा : जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको घोषणा गरेको छ। आइतबार जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षको बाँकी आठ महिनाको अवधिलाई फैसला कार्यान्वयन वर्षको रुपमा घोषणा गरेको हो।

अदालतबाट कैद जरिवाना फैसला भएर फरार रहेकाहरुलाई पक्राउ गर्न अदालतले विशेष सक्रियता देखाउन बताइएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म फरार अभियुक्तहरुबाट १२ करोड १७ लाख छ हजार ५८६ रुपैयाँ जरिवाना अशुल गर्न बाँकी रहेको बताइएको छ। जिल्ला अदालतको तथ्यांकअनुसार दुईहजार ४४१ जना फरार अभियुक्त रहेका छन्।

जिल्ला अदालत मकवानपुरमा फैसला कार्यान्वयन वर्ष घोषणा गर्दै जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले प्रत्येक सरकारी निकाययमा फरार अभियुक्तको विवरण उपलब्ध गराइने बताए। ‘फरार अभियुक्तले हरेक प्रकारको सरकारी सेवाबाट वञ्चित गरिने छ। कैद सजाय भुक्तान गर्न बाँकी रहेकाहरू सरकारी कार्यालयमा पुगेमा त्यहीबाट पक्राउ गर्न यो अभियान सञ्चालन गरिनेछ’, उनले सबै निकायले सहयोग गरेमा यो अभियान प्रभावकारी हुने दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.