|

संखुवासभा : मनकामना मेलालाई लक्षित गर्दै खाँदबारी नगरपालिकाले नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई विदा दिएको छ। ठूलो एकादशीको मेला हेर्न नगरपालिकाले निजी तथा सामुदायिक विद्यालय एक दिनका लागी विदा दिइएको जनाएको छ।

खाँदबारी ९ को अरुण किनारमा लाग्ने मनकामना मेलालाई लक्षित गर्दे नगरपालिकाले ४८ वटा विद्यालय बन्द गरेको हो। १३ सामुदायिक, ७ वटा निजी माध्यमिक विद्यालय र २८ वटा आधारभूत विद्यालय बन्द गरिएको हो। स्थानीय शासन संचालन ऐन अनुसार स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्दै विदा दिएका हुन्। खाँदबारी नगरपालिकाको आव्हानमा संचित विदाबाट कतौटी हुने गरी एक दिन विद्यालय बन्द गरिएको प्रमुख मुरारीप्रसाद खतिवडाले बताए। 

यसरी नगरपालिकाको आव्हानमा विद्यालय बन्द गरिएको यो पहिलो पटक हो। विद्यालय बन्द हुँदा अभिभावकले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपय अभिभावकले विद्यालय बन्द भएको सामाजिक संजालमार्फत आपत्ती जनाएका छन्। खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा प्रत्यक वर्ष हरिवोधनी एकादशीका दिन मेला लाग्ने गरेको छ।

विगतका वर्षमा स्थानीय क्लबहरुको आयोजनामा मेला आयोजना हुने गरेको थियो। यो वर्ष नगर प्रमुख अध्यक्ष भएको बृहतर मनकामना विकास समितिले मेला आयोजना गरेको हो।

अरुण उपत्यका सँगै मनकामना धामलाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो वर्ष फरक ढंगले मेला आयोजना गरिएको प्रमुख खतिवडाले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.