|
फोटो : बिबेक बस्याल

काठमाडौं : नेपाली फिल्म क्षेत्रको पहिलो अभिनेत्रीका रूपमा चिनिने भुवन चन्दले फिल्म निर्माण गर्ने भएकी छिन्। चन्दले 'साइनो' नामक फिल्म निर्माण गर्न लागेकी हुन्। दशक अगाडि भुवन केसी र तृप्ती नाडकर अभिनित सफल फिल्म 'साइनो'को नाम सापटी लिएर यस फिल्म निर्माण गर्न लागिएको हो।

रमेश थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा निता ढुंगाना, मिरुना मगर र राजकुमारको मुख्य भूमिका रहनेछ। त्रिकोणात्मक लभ स्टोरी भनिएको यस फिल्मबाट नै राजकुमारले डेब्यु गर्न लागेका हुन्। फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतको पनि अभिनय रहनेछ।

भुवन चन्द प्रस्तुतकर्ता रहेको यस फिल्ममा शरण थापा कार्यकारी निर्माताको रूपमा रहेका छन्। अभिमन्यु निरवीले लेख्ने यस फिल्ममा वसन्त सापकोटाको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, रोक्कन विक्रम भट्टराईको द्वन्द्व रहनेछ। रामेश्वर कार्कीले खिच्ने फिल्मलाई वनिश शाहले सम्पादन गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.