|

काठमाडौं : फिल्म दि कर्माले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। यसअघि मंसिर ७ गते रिलिज हुने भनिएको यो फिल्म अब भने माघ ४ गते रिलिज हुने पक्का भएको छ। फिल्मका निर्माता जयराज रायका अनुसार फिल्म विशेष कारणले पछाडि सार्न परेको हो।

देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको अभिनय रहेको छ। यस फिल्ममा भारतका मोडल तथा कलाकार करण बर्माको पनि मुख्य भूमिका रहेको छ।

'जय मिडिया म्यानेजमेन्ट'को ब्यानरमा बनेको ‘दि कर्मा’मा निर्माता रायको कथा रहेको छ। नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको यस फिल्ममा निशा खतिवडाको लगानी रहेको छ। नेपालको तराई क्षेत्रमा छायांकन गरिएको यस फिल्मलाई रामेश्वर कार्कीले खिचेको हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.