|

कालिकोट : स्तरोन्नतिका लागि बन्द गरिएको जुम्ला विमानस्थल एक बित्दा समेत सञ्चालनमा आएको छैन। कात्तिक ८ देखि बन्द गरिएको विमान स्थल निर्माण कार्य पूरा नहुँदा सञ्चालनमा नआएको हो।

ठेकेदारले स्तरउन्नतिको काममा ढिलाइ गरेकाले विमान स्थल सञ्चालनमा समस्या भएको स्थानीय नरबहादुर बुढ्थापाले बताए। ‘ठेकेदारले स्तरउन्नतिको काममा ढिलाइ गरेको छ,’ उनले भने, ‘त्यसतर्फ कसैको ध्यान गएको छैन।’

स्तरउन्नतिको काम नसकिएको भन्दै निर्माण कम्पनीले केही समयको माग गरेको विमानस्थल प्रमुख कैलाश शर्माले बताए। ‘नेपाल नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयको आदेश पर्खेर बसेको छौं,’ उनले भने, ‘हिउँदको महिनामा कालोपत्रे नटिक्ने भएकाले पिचको काम तीव्र रुपमा अघि बढेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.