|

काठमाडौं : नेपाली तथा भारतीय कविहरूले एउटै थलोमा बसेर सिर्जना सुनाएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित नेपाल–भारत काव्य सन्ध्या मञ्चमा कविहरूले नेपाली, हिन्दी, बंगाली, गुजराती लगायत भाषामा कविता वाचन गरेका हुन्।

हिमालिनी हिन्दी मासिक पत्रिका र प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित काव्य सन्ध्यामा नेपालका  कविहरूले विभिन्न विषय र शीर्षकमा कविता सुनाए। भारतको विभिन्न प्रदेशबाट  अाएका ४० साहित्यकारले रचना प्रस्तुत गरे।

हिमालिनी पत्रिकाको सम्पादक डा. श्वेता दीप्तिले हिन्दी भाषामा कविता सुनाइन्। बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीलगायत नेपाली कविले रचना प्रस्तुत गरे।

भारतको गुजरातबाट डा. उषा उपाध्यायले गुजरातीमा प्रस्तुति दिइन्। वीणा बुद्धकी, अच्युता नन, किरण कुमारी, पुण्यादेवी, परवेज हुसेन, रञ्जितत गुगोई, मिताली भट्टाचार्य, वन्दना श्रीवास्तव र धनाकर ठाकुरले कविता सुनाए।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, हिमालिनीका प्रबन्ध निर्देशक सच्चिदानन्द मिश्र, श्वेता दीप्ति, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय लगायतका श्रष्टाले मन्तव्य दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.