|

काठमाडौं : संघीय संसदको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले साहित्य सृजना कुनै देशको सीमाभित्र सीमित नभइ संसारको साझा हुने बताएका छन्। रसियन कवि रसूल गा. गाम्जानोमको ९५औँ वार्षिकीको अवसरमा भक्तपुरको नगरकोटमा स्थापित शालिकको अनावरण गर्दै उनले उक्त कुरा बताएका हुन्।

नेपालको जस्तै वातावरण र सांस्कृतिक विविधता भएको रुसको दागेस्तान प्रान्तमा जन्मिएका गाम्जानोमले धेरैपटक नेपालको भ्रमण गरी दुई देशको संस्कृतिलाई जोडेर दुईओटा कविता संग्रह प्रकाशन गरेका थिए। सोही सम्झनामा उनको परिवारसँगको साझेदारीमा रसियन दूतावास, रुसी विज्ञान तथा सांस्कृति केन्द्र र नेपाल-रुस सहयोग तथा मैत्री समाजले नगरकोटमा गाम्जानोमको  शालिक निमार्ण गरेका हुन्।

उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले रसियामा जन्मिए पनि गाम्जानोमले नेपालको संस्कृति बारे कृति प्रकाशन गरेकाले उनी नेपालको पनि कवि भएको बताएका हुन्। दुई देशको संस्कृतिलाई कृतिमार्फत आदान˗प्रदान गर्नुले सरकार र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन सघाउ पुर्‍याउने धारणा उनको थियो। साथै नेपाल र रसियाबीचको सन् १९५६ देखिको कुटनीतिक सम्बन्धले विकास निमार्ण, शिक्षा, संस्कृति आदान˗प्रदानमा सहयोग पुगेको तिमिल्सिनाले बताए। ‘रसियामा धेरै नेपाली सोभियत संघ हुँदादेखि प्राविधिक विषय अध्ययनका शिलसिलामा पुगेका थिए। जसले नेपाल फर्केर पूर्वाधार निमार्णमा ठूलो योगदान पुर्‍याएका छन् भने रसियामै ठूला˗ठूला व्यवसाय सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘उनीहरू नेपालका स्थायी दूत हुन्। उनीहरू मार्फत नेपालमा रुसी पर्यटक र लगानीमा वृद्धि गर्नुपर्छ।’

अध्यक्ष तिमिल्सिनाले दुई देशबीच राजनीतिक, व्यापारिक तथा सांस्कृतिक गतिविधि बढ्दा  पर्यटकको संख्या पनि बढ्ने विश्वास व्यक्त गरेका थिए। नेपालले पर्यटनलाई देशको समृद्धिको मुख्य आधार बनाउन लागिरहँदा नेपाल जस्तै हिमाली प्रान्त जागेस्तानसँग नेपालको कुनै प्रदेशले मितेरी सम्बन्ध कायम गर्नुपर्ने बताए। ‘नेपालको पर्यटकीय प्रदेशका रूपमा गण्डकी प्रदेशलाई चिनिन्छ। जागेस्तान र गण्डकी प्रदेशबीच मितेरी सम्बन्ध कायम गर्दा राम्रो हुन्छ,’ उनले भने। उनले नेपाल र रुसमा दुई सदनको व्यवस्था भएकाले संसदीय गतिविधि र अनुभव आदानप्रदान आवश्यक रहेको अध्यक्ष तिमिल्सिनाले धारणा व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.