|

काठमाडौं : विगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रूपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ। साहित्यकार महेश्वर पन्तको संयोजन तथा शारदा पन्तको प्रायोजनमा आयोजित रात्रिभोजसहितको उक्त उत्सवमा विभिन्न साहित्यकार तथा संगीतकारद्वारा कविता, गीत, गजल र सांगीतिक कोशेली प्रस्तुत गरिएको थियो।

कार्यक्रमको प्रथम चरणमा बोस्टनका प्रशिद्ध तवला वादक प्रेमसागर खतिवडा तथा हरिमाया अधिकारीद्वारा सांगीतिक गीत गजल प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा डेढ दर्जन कविहरूले सिर्जनावाचन गरेका थिए।

दीपा राई पुनबाट सुरु भएको कविता वाचनमा ममता कर्माचार्य, अनु शाह, गोवर्द्धन पूजा, महेश्वर पन्त, नारायण श्रेष्ठ, लव अधिकारी ,चिरन्जीवी आचार्य, जयराम रेग्मी , थानीरत्न कँडेल, अग्नि पराजुली, प्रकाश खड्कालगायतले सहभागिता जनाएका थिए। कार्यक्रमका सभापति अग्नि पराजुलीले आगामी कार्यक्रम न्यू ह्याम्पसायरमा गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमको प्रायोजन उमा पराजुलीले गर्ने घोषणा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.