|

पोखरा : माटोको ढिस्कोमा पुरिएर गोरखाको केरौँजामा शुक्रबार एक युवतीको मृत्यु भएको छ। घरबाट आधा घण्टा टाढा याङ्घारचेतमा माटो खन्दै गर्दा धार्चे गाउँपालिका २ स्थित केरौँजाकी २३ वर्षीया भीममाया गुरुङको मृत्यु भएको वडा अध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिए। 

‘उनीहरू भूकम्पप्रतिरोधी घर बनाउँदै थिए,’ उनले भने, ‘गाउँमा घर बनाउने सबैले याङ्घारचेतबाट नै माटो ल्याएर बनाएको छ। माटो लिन गएकी भीममाया धेरै बेर नफर्केपछि खोज्न जाँदा ढिस्को खसेको देखियो। माटो पन्छाएर हेर्दा शव भेटियो।’ 

याङ्घारचेतको माटो सिमेन्ट जस्तै रंगको भएकोले गाउँले सबैले त्यहीँबाट माटो ल्याएर घरमा गारो लगाउने गरेको अध्यक्ष गुरुङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.