|

फ्रेन्च लिग वान अन्तर्गत ८ डिसेम्बरका लागि तय भएको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोन्पेलियरबिचको खेल स्थगन गरिएको छ। फ्रेन्च प्रहरीले पिएसजी र मोन्टपेलियरबिच पेरिसमा शनिबार हुने भनिएको खेल रोकेको हो।

पछिल्लो समय फ्रान्सका प्रमुख शहरहरूमा इन्धनको मूल्य बढाएको विरोधमा प्रदर्शन तीव्र हुँदै गएको छ भने कतिपय ठाउँमा हिंसात्मक झडप भएपछि प्रहरीले खेल स्थगन गर्न आग्रह गरेको थियो। 

अागामी सप्ताहान्तमा ‘ऐल्लो भेस्ट’ प्रदर्शन थप कडा गर्ने तयारी गरेकाले खेल रोक्न प्रहरीले आग्रह गरेको हो। पिएसजीले खेलको नयाँ मिति चाँडै तय हुने जनाए पनि प्रदर्शनको मिति अनिश्चित छ। लिगमा फराकिलो अग्रता बनाइरहेको पिएसजीले अबका दुई खेल अवे मैदानमा खेल्नेछ।

पिएसजीका प्रशिक्षक थोमस टुसिलले खेल पछि सार्न गरिएको आग्रह स्वीकार गरेको भन्दै चाँडै नयाँ मिति तय हुनेमा विश्वस्त रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.