|

पोखरा : गोरखाको भीमसेन थापा गाउँपालिका ४ स्थित धावामा भरुवा बन्दुक सहित एक प्रक्राउ परेका छन्। धावाका ४७ वर्षिय जीतबहादुर विकालाई स्थानीयको सूचनाको आधारमा घ्याम्पेशाल बाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो। 

द्वन्द्वकालमा माओवादीमा लागेर हिँडेका विकको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक सहित ५० ग्राम बारुद र सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए। 

विकलाई अबैध हातहतियार तथा खरखजना ऐन अन्तरगत मुद्दा दर्ता भइ कारबाही प्रक्रिया अघि बढाइने नेपालले जानकारी दिए। अधिक मादक पदार्थ सेवन गरी जंगलमा कालिज मार्न भरुवा बन्दुक बोकेर जाने गर्ने गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.